सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

सारांश

  •   दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ।
  •   अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।
  • समितिका सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्।

 

२९ मंसिर, काठमाडौं । 

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ।  अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिका सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्। यसैगरी, दुई जना अधिवक्तालाई वार्ता सहकर्ता तोकेको छ। वार्ता सहजकर्तामा विनोदमणि भट्टराई र लबन न्यौपाने छन्।

वार्ता समिति गठन गरेको विषयमा प्रसाईंले सरकारलाई जानकारी पठाएका छन्। उनले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएका छन्।  सरकारले आइतबार नै वार्ता समिति गठन गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा सरकारले बनाएको आन्तरिक सहजीकरण तथा समस्या समाधान समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?