४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
७२ पटक हेरिएको
Shares
४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो

सारांश

  • चार दिनमा तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।
  •  सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •  हिजो सुनको भाउ तोलाको ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको थियो।

९ भदौ, काठमाडौं ।

चार दिनमा तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको थियो। सुनको भाउ गएको आइतबार तोलामा २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी चाँदीको मूल्य भने आज पनि घटेको छ। तोलामा ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९ सयमा झरेको महासंघले जनाएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो। गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन