रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ

सारांश

  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।
  • उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।
  • उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

 

१७ वैशाख, काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ । डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीले सर्वोच्चबाट अर्को पत्र आउनासाथ रेशम चौधरीलाई थुनामुक्त गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?