पहिलोपटक विश्वकप खेलेको जोर्डन अष्ट्रियासँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
पहिलोपटक विश्वकप खेलेको जोर्डन अष्ट्रियासँग पराजित

सारांश

  • अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
  • अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो ।
  • अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गर्दा एक गोल उपहार पायो ।

 

३ असार, काठमाडौं ।

अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो । अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको २०औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए ।

खेलको ७६औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लिने अवसर पायो । दोस्रो हाफको इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि अष्ट्रियाले पेनाल्टी पाएको थियो । जसलाई मार्काेले सदुपयोग गर्दै गोल गरे । जितसँगै ३ अंक जोडेर अष्ट्रिया समूह ‘जे’को दोस्रो स्थानमा छ । समान ३ अंक रहेको अर्जेन्टिना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । जोर्डन र अल्जेरिया अंकविहीन छन् । आठौंपटक विश्वकप खेलेको अष्ट्रिया सन् १९५४ मा भएको विश्वकपमा तेस्रो बनेको थियो । पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको अष्ट्रिया २८ वर्षपछि विश्वकपमा फर्किएको हो । एसियाली राष्ट्र जोर्डन पहिलोपटक विश्वकपको मैदानमा पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?