Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४० पटक हेरिएको
Shares
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल

सारांश

  •   नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् ।
  • मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक–पटक आवाज उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।
  • उनले भने,‘डिजिटल राइट्स, डिजिटल कन्फ्रेन्समा नेपालको कोर मुद्धा नै के हो भने नेपालमा जतिपनि डिजिटल राइट्सको समस्याहरु छन्, त्यो चाहे विकासको होस्, चाहे पुर्न निर्माण गर्ने कुरा होस, चाहे निजी कम्पनीलाई इनकरेज गर्ने कुरा होस, चाहे अधिकारहरुको छिनोफानोको कुरा होस् यि सबै विषयहरुमा अथवा कानून बनाउने शिलसिलाहरुमा हामीले सधैभरी उठाउँदै आएको, भन्दै आएको तर हुन नसकेको विषय नै के को भने नेपालले रियल्ली मल्टिस्टेक होल्डर अप्रोजलाई आत्मसाथ नै गर्न सकेन ।

 

१ पुस, काठमाडौं । 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् । मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक–पटक आवाज उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।

उनले भने,‘डिजिटल राइट्स, डिजिटल कन्फ्रेन्समा नेपालको कोर मुद्धा नै के हो भने नेपालमा जतिपनि डिजिटल राइट्सको समस्याहरु छन्, त्यो चाहे विकासको होस्, चाहे पुर्न निर्माण गर्ने कुरा होस, चाहे निजी कम्पनीलाई इनकरेज गर्ने कुरा होस, चाहे अधिकारहरुको छिनोफानोको कुरा होस् यि सबै विषयहरुमा अथवा कानून बनाउने शिलसिलाहरुमा हामीले सधैभरी उठाउँदै आएको, भन्दै आएको तर हुन नसकेको विषय नै के को भने नेपालले रियल्ली मल्टिस्टेक होल्डर अप्रोजलाई आत्मसाथ नै गर्न सकेन । यो नै दुर्भाग्य हो ।’

उनले नेपालमा डिजिटल अधिकारसम्बन्धी नीति तथा निर्णयहरू प्रायः एकपक्षीय दृष्टिकोणका आधारमा हुने गरेको बताए । जसले बुझाइमा समस्या सिर्जना गर्दै आएको पनि उनको भनाई छ । ‘हाम्रा थुप्रै चुनौतिहरु बुझाईका समस्याहरु एक पक्षको दृश्टिकोणको आधारमा निर्णय हुने कुराहरु, एक पक्षको बुझाइमा नीति बन्ने कुराहरु दोहोरिरहेको छ । त्यसले समस्या माथि समस्या थपेको छ । जसले गर्दा हामीले एउटा डिजिटाइजेशनको सपना हासिल गर्न सकिरहेका छैनौ,’ उनले भने । दाहालले यस्ता अभ्यासका कारण नेपालले अपेक्षित डिजिटाइजेशनको सपना हासिल गर्न नसकेको भन्दै सबै सरोकारवालाको समान सहभागितामा आधारित नीति निर्माण आवश्यक रहेको जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता