छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ ।
  • बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो ।
  •  उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।

७ साउन, विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ । बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो ।  उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा विवादका क्रममा बुधबार बिहान रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । बाबुको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने
हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने
बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए