लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २२, २०८३
|
|
३९० पटक हेरिएको
Shares
लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

सारांश

  • नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
  • काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.
  • ४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्।

 

२२ साउन, काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। स्नाकोत्तर तह (पीजी) का ३६ विषयमा भएको परीक्षामा एक हजार १३ जना सम्मिलित भएका थिए। तीमध्ये ६५ जना भने अनुत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले नेपालका सरकारी मेडिकल कलेजमा पढेका चिकित्सक बढी उत्तीर्ण भएको बताए। उनले नेपालका मेडिकल कलेजबाट स्नाकोत्तर (पीजी) गरेका ९१९ जनामध्ये १५ जना मात्र अनुत्तीर्ण भएको बताए। ‘सरकारी मेडिकल कलेजमा पढेका बढी चिकित्सकले लाइसेन्स परीक्षा दिएका छन्। त्यसकारण पनि उत्तीर्ण हुनेको संख्या बढी छ,’ डा. पाण्डेले नेपालखबरसँग भने, ‘महाराजगन्ज, बीपी कोइराला धरान, पाटन, वीर अस्पताललगायत सरकारीमा पढेका चिकित्सकहरू लाइसेन्स परीक्षा दिएका थिए।’

 

No description available.No description available.

 

विदेशमा पढेका बढी अनुत्तीर्ण 

काउन्सिलका अनुसार विदेशबाट चिकित्सा शिक्षा अध्ययन गरेका चिकित्सकको उत्तीर्ण संख्या भने कम रहेको छ। बेलारुस, चीन, इजिप्ट, भारत, किर्गिस्तान, पाकिस्तान, फिलिपिन्स र अमेरिकामा पढेका ९४ जनाले लाइसेन्स परीक्षा दिएका थिए। जसमध्ये ५० जना अनुत्तीर्ण भएका छन्।

अनुत्तीर्ण हुनेमा चीनमा अध्ययन गरेका ३७ जनामध्ये आठ जना मात्र उत्तीर्ण भएका छन्। यस्तै इजिप्टका १९ मध्ये ११ जना, भारतमा पढेका १९ मध्ये चार जना अनुत्तीर्ण भएका छन्।

पाकिस्तान पढेका नौँ जना नै लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्। यस्तै, फिलिपिन्स पढेका पाँचमध्ये दुई जनाले लाइसेन्स उत्तीर्ण गरेका छन्।

चिकित्सा शिक्षा अध्ययन पश्चात काउन्सिलको परीक्षा उत्तीर्ण गरेर मात्र चिकित्सकीय अभ्यास गर्न पाइन्छ। काउन्सिलले एक वर्षमा दुई पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।

No description available.No description available.

कुन कलेज पढेका कति पास?

निजी र सरकारी गरी १४ मेडिकल कलेजमा पढेका चिकित्सकले लाइसेन्सका लागि परीक्षा दिएका थिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) पढेका शतप्रतिशत उत्तीर्ण भएका छन्। १०३ जनाले लाइसेन्स परीक्षा दिएका थिए।

काठमाडौँ विश्वविद्यालयको स्कूल अफ मेडिसिन, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल कलेज, किस्ट कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका मेडिकल कलेजका शतप्रतिशत चिकित्सकले लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ जनाले दिएको परीक्षामा ९८ जना उत्तीर्ण भएका छन्।

No description available.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?