लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २२, २०८३
|
|
४३७ पटक हेरिएको
Shares
लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

सारांश

  • नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
  • काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.
  • ४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्।

 

२२ साउन, काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। स्नाकोत्तर तह (पीजी) का ३६ विषयमा भएको परीक्षामा एक हजार १३ जना सम्मिलित भएका थिए। तीमध्ये ६५ जना भने अनुत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले नेपालका सरकारी मेडिकल कलेजमा पढेका चिकित्सक बढी उत्तीर्ण भएको बताए। उनले नेपालका मेडिकल कलेजबाट स्नाकोत्तर (पीजी) गरेका ९१९ जनामध्ये १५ जना मात्र अनुत्तीर्ण भएको बताए। ‘सरकारी मेडिकल कलेजमा पढेका बढी चिकित्सकले लाइसेन्स परीक्षा दिएका छन्। त्यसकारण पनि उत्तीर्ण हुनेको संख्या बढी छ,’ डा. पाण्डेले नेपालखबरसँग भने, ‘महाराजगन्ज, बीपी कोइराला धरान, पाटन, वीर अस्पताललगायत सरकारीमा पढेका चिकित्सकहरू लाइसेन्स परीक्षा दिएका थिए।’

 

No description available.No description available.

 

विदेशमा पढेका बढी अनुत्तीर्ण 

काउन्सिलका अनुसार विदेशबाट चिकित्सा शिक्षा अध्ययन गरेका चिकित्सकको उत्तीर्ण संख्या भने कम रहेको छ। बेलारुस, चीन, इजिप्ट, भारत, किर्गिस्तान, पाकिस्तान, फिलिपिन्स र अमेरिकामा पढेका ९४ जनाले लाइसेन्स परीक्षा दिएका थिए। जसमध्ये ५० जना अनुत्तीर्ण भएका छन्।

अनुत्तीर्ण हुनेमा चीनमा अध्ययन गरेका ३७ जनामध्ये आठ जना मात्र उत्तीर्ण भएका छन्। यस्तै इजिप्टका १९ मध्ये ११ जना, भारतमा पढेका १९ मध्ये चार जना अनुत्तीर्ण भएका छन्।

पाकिस्तान पढेका नौँ जना नै लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्। यस्तै, फिलिपिन्स पढेका पाँचमध्ये दुई जनाले लाइसेन्स उत्तीर्ण गरेका छन्।

चिकित्सा शिक्षा अध्ययन पश्चात काउन्सिलको परीक्षा उत्तीर्ण गरेर मात्र चिकित्सकीय अभ्यास गर्न पाइन्छ। काउन्सिलले एक वर्षमा दुई पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।

No description available.No description available.

कुन कलेज पढेका कति पास?

निजी र सरकारी गरी १४ मेडिकल कलेजमा पढेका चिकित्सकले लाइसेन्सका लागि परीक्षा दिएका थिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) पढेका शतप्रतिशत उत्तीर्ण भएका छन्। १०३ जनाले लाइसेन्स परीक्षा दिएका थिए।

काठमाडौँ विश्वविद्यालयको स्कूल अफ मेडिसिन, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल कलेज, किस्ट कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका मेडिकल कलेजका शतप्रतिशत चिकित्सकले लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ जनाले दिएको परीक्षामा ९८ जना उत्तीर्ण भएका छन्।

No description available.
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ
स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा  ४ जनाको मृत्यु
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ: नरेन्द्र मोदी
मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ: नरेन्द्र मोदी