मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२१ पटक हेरिएको
Shares
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु

सारांश

  • मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौंमा पथान्तरण सुरु भएको छ ।
  • एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको हो ।
  • गएराति आन्दोलनरत स्थानीय र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी पीडित संघर्ष समितिले जनाएको छ ।

२६ कात्तिक, सिन्धुपाल्चोक ।

मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौंमा पथान्तरण सुरु भएको छ । एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको हो । गएराति आन्दोलनरत स्थानीय र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी पीडित संघर्ष समितिले जनाएको छ । वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने सहमति जनाएका थिए । हिजो सहमति भएसँगै आज मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्नाव गरेको छ । मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको हो । सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यका ल्याउने दिन स्थानीय सहमत भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची