Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोइरीको सांसद पद निलम्बन फुकुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
कोइरीको सांसद पद निलम्बन फुकुवा

सारांश

  • नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।
  • उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए ।
  • आइतबार उनको निलम्बन फुकवा भएको हो ।

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।

उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि प्रतिनिधि सभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्क बिहीन थिए । प्रहरी प्रधान कार्यालयको पत्र समेतका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए ।

हेर्नुहोस् संघीय संसद सचिवालयको पत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु
पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
गुल्सनले यू–१९ एसिया कप खेल्ने
गुल्सनले यू–१९ एसिया कप खेल्ने
चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल