Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

सारांश

  • जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।
  • गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो ।
  • प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् ।

२३ भदौ, पोखरा ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् ।

पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेपनि प्रदर्शन रोकिएको छैन । सामाजिक सञ्जाल बन्द र देशमा विद्यमान भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन अनियन्त्रित बन्दै गएको छ ।

प्रशासनले बल प्रयोग गर्न थालेपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा सक्रिय जेन–जी युवाहरू काठमाडौंसहित पोखरा, चितवन, झापा, मोरङ लगायतका जिल्लामा सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा सोमबार ४ बजेसम्म प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो
कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची