पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

सारांश

  • जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।
  • गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो ।
  • प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् ।

२३ भदौ, पोखरा ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् ।

पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेपनि प्रदर्शन रोकिएको छैन । सामाजिक सञ्जाल बन्द र देशमा विद्यमान भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन अनियन्त्रित बन्दै गएको छ ।

प्रशासनले बल प्रयोग गर्न थालेपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा सक्रिय जेन–जी युवाहरू काठमाडौंसहित पोखरा, चितवन, झापा, मोरङ लगायतका जिल्लामा सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा सोमबार ४ बजेसम्म प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ