प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सारांश

  • संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक मंगलबार बस्दैछ।
  • संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ।
  • राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर ११ मिनेटमा बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक मंगलबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर ११ मिनेटमा बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभा बैठकमा आगामी २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले बताएको छ।

राष्ट्रिय सभा बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुनेछ। त्यसो त, राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै गरेको भारत भ्रमणको जानकारी गराउने कार्यसूची राखिएको छ। तर, प्रधानमन्त्री खप्तड जाने तयारी रहेकाले राष्ट्रिय सभामा भ्रमणबारे आज जानकारी गराउने या नगराउने यकिन नभइसकेको उनको सचिवालयले जानकारी दियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?