केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३० पटक हेरिएको
Shares
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल

सारांश

  • नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् ।
  • साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे ।
  • पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य गर्दै उपमहासचिव रिमालले अध्यक्ष बन्ने इच्छा राख्न पाइने बताए ।

१८ मंसिर, काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् । साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे । पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य गर्दै उपमहासचिव रिमालले अध्यक्ष बन्ने इच्छा राख्न पाइने बताए । तर, पार्टी कमिटीले गरेका निर्णय मान्नु अनिवार्य रहेको तर्क रिमालको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औं महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा रिमालले भने, ‘नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने जरुरी म देख्दिन । छैन, विभिन्न नेताहरूले यो पदमा उठुँ कि त्यो पदमा उठुँ कि भनेर इच्छा व्यक्त गर्नुभएको छु, पाइन्छ त्यो अधिकार हो, इच्छा व्यक्त गर्ने, कमिटीको, बैठकमा पनि मजासँग कुरा राख्नेकुरा राख्ने तर, जे निर्णय हुन्छ त्यसलाई बोकेर हिँड्ने हामीले विधि बनाएका छौं ।’ रिमालले महाधिवेशन सम्पन्न हुँदासम्म एमालेमा देखिएको दुई धार अन्त्य हुने समेत दाबी गरे । एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले आ–आफ्नो समूह बनाएर अघि भिड्न लागेको चर्चाबीच रिमालले त्यसले फरक नपार्ने जिकिर गरे ।

उनले भने, ‘एमालेमा देखिएको दुई धारको सम्बन्धमा चुनाव लडेपनि धार एकै हुन्छ, किनभने विचार नै फरक छैन, चुनाव लड्नु भो भनेपनि जित्नेले नेतृत्व गरेर अर्को साथी सहयोगी भएर बस्नुहुन्छ, त्यसमा अरू तलमाथि हुने कुरा रहेन ।’ उम्मेदवारी घोषणा गरेका र नेतृत्वमा आंकाक्षा राखेकालाई रिमालले चर्चामा आउने रहरको संज्ञा दिए । ‘कम्युनिस्ट पार्टीमा म चैं यो हुन्छु, म चैं सुरवीर छु भन्ने चलन हुँदैन, कहिलेकाँही हामीकहाँ चलन छ अरूअरू पार्टीले भन्ने गरेका कारणले गर्दा एकदम नेतृत्वमा उम्मेदवारी घोषणा गर्छु यो गर्छु भन्ने अलि बढी नै चर्चामा आइन्छ कि जस्तो लाग्छ’, उनले भने ।

कम्युनिस्ट पार्टीमा नेतृत्व समूहले बनाउने पद्धतिको अभ्यास हुने गरेको बताउँदै रिमालले अध्यक्षमा ओली फाइनल भइसकेको दाबी गरे । उनले भने, ‘कम्युनिस्ट पार्टीमा नेतृत्व बनाउने भनेको टिम मेकिङको कुरो हो, टिममा एक नम्बरको व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौं, अध्यक्ष केपी ओली हुनुहुन्छ, यो चैं ठहरै हो, साथीहरूले लेखेर राख्नु भए पनि हुन्छ, छाप्नु भए पनि हुन्छ, बजाए नि हुन्छ ।’ अध्यक्ष बाहेकका पदमा छलफल हुन सक्ने उनको भनाइ छ । ‘२९ गते महाधिवेशन सम्पन्न भइसकेपछि एमालेको अध्यक्ष को हुन्छ भन्दाखेरि केपी शर्मा ओली, त्यसमा हाजिर–जवाफ फेलै खाँदैन, पूरै नम्बर आउँछ, त्यो भन्दा मुनीमा टिम कसरी बन्छ भन्नेमा डिसकसन हुन्छ,’ उनले भने । महाधिवेशन प्रतिनिधि छनोटमा पक्षपात भएको आरोपलाई रिमालले हल्ला मात्र भएको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि