प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

सारांश

  • प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।
  • मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
  • विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनुका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ ।

१३ कात्तिक, काठमाडौँ।

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनुका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ ।

काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उहाँले भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताउनुभयो । प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उहाँले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गर्नुभयो । अहिले त्रिभुवन अन्रर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताउनुभयो । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ । त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ ।

आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
बारामा १२ वर्षीया बालिकाको बलात्कार
बारामा १२ वर्षीया बालिकाको बलात्कार
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ