त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २, २०८०
|
|
३८ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

सारांश

  • त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।
  • बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको छ ।
  • यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए ।

२ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ

दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको छ । यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् । अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए ।

दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील/पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने दाहालले बताए । विद्यार्थीको सङ्ख्या धेरै भएपछि त्रिविलाई कार्यक्रम आयोजना गर्न समस्या पर्दै आएको छ । त्यसैले यो वर्ष कुर्सीको समस्या नहोस् भनेर त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो । ‘विगतमा सधैँ व्यवस्थापनको समस्या हुन्थ्यो । विद्यार्थी धेरै हुँदा बस्न कुर्सीको अभाव हुने गरेको थियो । यो वर्ष त्यो समस्या नहोस् भनेर दशरथ रङ्गशालामा आयोजना गरेका हौँ’ सूचना अधिकारी दाहालले भने ।    यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो । उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ ।

पार्किङ स्थल तोकियो

दीक्षान्त समारोहका लागि पार्किङ स्थल पनि तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो ।  टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ । त्यस्तै विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधनहरू, वर्ल्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ