मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२९ पटक हेरिएको
Shares
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   

सारांश

  •      मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।
  •   आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रायःजसो धार्मिक तथा सांस्कृतिक पर्व प्राकृतिक परिर्वतन र पर्यावरण संरक्षणसँग सम्बन्धित रहेको उल्लेख गर्नुभएको छ ।
  • सन्देशमा भनिएको छ, “हाम्रो धार्मिक कृत्य नै प्रकृतिप्रधान र ऋतुपे्ररित रहँदै आएको छ ।

२ वैशाख, जनकपुरधाम ।    

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।  आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रायःजसो धार्मिक तथा सांस्कृतिक पर्व प्राकृतिक परिर्वतन र पर्यावरण संरक्षणसँग सम्बन्धित रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “हाम्रो धार्मिक कृत्य नै प्रकृतिप्रधान र ऋतुपे्ररित रहँदै आएको छ । ऋतुअनुसारको जीवनशैली नै मानजीवनलाई सुसगङ्त तथा सार्थक तुल्याउने छ ।” जुडशीतल सिरुवा पर्वले पर्यावरण संरक्षण तथा भूमण्लीय उष्णता न्यूनीकरणको परम्परागत चेतना, ज्ञान र विधिलाई पुस्ता दरपुस्ता हस्तान्तरण गर्दै आएको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “जलवायु परिर्वतन, ग्रिनहाउस ग्यासको प्रभाव, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता पर्यावरणीय मुद्दा चुनौती बनिरहेका बेला अत्यन्त सुक्ष्म तथा व्यावहारिक तवरले सबै खालका पर्यावरण तथा तिनका संरचना संरक्षणप्रति जुडशीतल सिरुवा पर्वले दायित्ववोध गराउँदै आएको छ । गर्मीको प्रभावबाट जोगिन आहार र व्यवहार दुवैमा परिर्वतन गर्नुपर्ने तथा प्राणी र वनस्पति दुवैमा समान अस्तित्वको स्वीकारोक्तिका साथ प्रकृतिको संरक्षण प्रयासमा सहभागी हुनुपर्नेजस्ता सन्देश प्रवाहित गर्ने यो पर्वका सबै विधिमा पारिस्थितिकीय प्रणाली र जैविक विविधताप्रति सचेतना अपनाउने चेष्टा अन्तर्निहित रहेको छ ।”

मुख्यमन्त्रीले शुभकामना सन्देशका आफ्ना ज्येष्ठ मान्यजनबाट टाउकोमा चिसो पानी थापेर आशीर्वाद ग्रहण गर्ने, रुखबिरुवामा जलसिञ्चन, जलका स्रोतहरूको सरसफाइलगायत उद्धारकार्य तथा हिलोमाटो खेल्ने यो पर्वको वैज्ञानिक अर्थ र महत्वलाई अनुशीलन गर्ने विवेक एवं शक्ति प्राप्त होस् भन्ने कामनासमेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते
सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते