नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

सारांश

  • नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।
  • ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।
  • सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

७ वैशाख, काठमाडौं । नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

नेपालको सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जुनैद सिद्दिकीको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख एलबीडब्लू आउट हुन पुगे । आसिफ आउट हुँदा नेपाल ३.३ ओभरमा ११/२ को अवस्थामा पुगेको थियो ।

कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए । अली नासिरको बाउन्सर बलमा उनी विकेट किपरबाट क्याच आउट भएका थिए । कुशल मल्ललाई बासिल हामिदले बोल्ड गरेपछि नेपाल ९.१ ओभरमा ५०/४ को अवस्थामा पुगेको थियो ।

त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए । दीपेन्द्र १४ औं ओभरको दोस्रो बलमा आयन खानको बलमा एलबीडब्लु आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो ।

तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए । गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

युएईका जुनैद सिद्दिकी, बासिल हामिद र अली नासिरले २/२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ
पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
गगन थापा सभापति चयन
गगन थापा सभापति चयन
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा