अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२० पटक हेरिएको
Shares
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

सारांश

  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।
  • सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो ।

२७ भदौ, काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।

जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए । छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् । राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए । कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएको स्रोतले बतायो । स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।

दुई दिनसम्म भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग भने नेपाली सेनाले जंगीअड्डामा छलफल गरेका थिए । त्यसपछि उनीहरूले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए । कार्कीले समेत जिम्मेवारी लिन आफू सकारात्मक रहेको प्रतिक्रिया दिइसकेकी छन् । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत उनको पटकपटक वार्ता भइसकेको छ । राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिबारे बिहीबार बेलुकी संविधानविद्हरुसँग समेत छलफल गरेका थिए । त्यसक्रममा उनीहरुले संविधानको फ्रेमभित्र रहेर कसरी अघि बढ्न सकिन्छ भन्ने सुझावहरु दिएका थिए । भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला केपी ओली नेतृत्वको सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जालमा बन्द गराएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका जेनजीले स्वतस्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ । मृतकमध्ये नेपाली प्रहरीका समेत छन् । मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए । पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भएको थियो । यसपछि जेनजीसँग वार्ता गर्न नेपाली सेनाले समेत अग्रसरता लिएको थियो । सेनाको सहजिकरणमा जेनजीको मागहरुबारे एकमत बनाउने प्रयास भएको थियो । त्यसपछि राजनीतिक र कानुनी छलफलका लागि राष्ट्रपछि पौडेलले पहल लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
विश्वकप एसिया छनोट,  नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
विश्वकप एसिया छनोट, नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
कर्णालीबाट खेल्न मार्क वाट नेपालआइपुगे
कर्णालीबाट खेल्न मार्क वाट नेपालआइपुगे
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ