राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको छन् ।
  • महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो ।
  • नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ ।

१३ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो ।

नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । राष्ट्रिय सेवा दल (एनसिसी)बाट प्रदान गरिने तालिम प्रशिक्षणले युवाहरूलाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रुपमा रूपान्तरण गरिँद आएको छ ।

एनसिसीले असल अभ्यासको आदान–प्रदानसहित युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । यही फागुन ९ गते नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेको छ। भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान
त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु
सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत