सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा

सारांश

  • काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभा राख्ने भएको छ ।
  • महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
  • महानगरका एक कार्यपालिका सदस्यका अनुसार नगर सभा बजेट संशोधनको लागि बोलाइएको हो ।

 

८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभा राख्ने भएको छ । महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

महानगरका एक कार्यपालिका सदस्यका अनुसार नगर सभा बजेट संशोधनको लागि बोलाइएको हो । ‘बजेटको सिलिङ नबिग्रिने गरी केही शिर्षकमा बजेट रकमान्तर हुन्छ, बजेटको अंक संशोधन नभएपनि अन्य केही विषयगत विभाग, महाशाखामा बजेट कार्यान्वयनको क्रममा आवश्यकता थपघट हुनसक्छ,’ ती कार्यपालिका सदस्यले  भने । उनले नगर सभामा केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय समेत रहेको बताए । प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्नेगरी नगर सभा आह्वान भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?