सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

सारांश

  • महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सातसदस्यीय समिति गठन गरेको हो ।
  • समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन् ।
  • समितिमा सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहनुभएको महासङ्घले जनाएको छ ।

काठमाडौँ, १६ चैतः

नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सातसदस्यीय समिति गठन गरेको हो । समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन् ।

समितिमा सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहनुभएको महासङ्घले जनाएको छ ।  समितिले आजै आक्रमण गरिएका सञ्चारगृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले राससलाई जानकारी दिनुभयो । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो ?, अब महासङ्घ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।

पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै
मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री