रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
५५६ पटक हेरिएको
Shares
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते

सारांश

  • रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
  •  प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.
  • प्र.

 

२ साउन, रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।

दुर्घटनामा ट्रकका सहचालक धनुषाको धनुषाधाम नगरपालिका – ९ निवासी करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का घाइते भएका छन् ।  यस्तै, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ हरैताकी ४६ वर्षीया रितु वर्ण कार्की, सोही स्थानका ४४ वर्षीय मेघराज कार्की, सुनसरीको इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा मोरङको सुन्दरहरैँचा– ५ हरैताकी ५४ वर्षीया दिलमाया कार्की घाइते छन् ।

प्रहरीका अनुसार अधिकांश घाइतेको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाईवे अस्पताल लगिएका सफल मगर भने उपचारकै क्रममा आफैं अस्पतालबाट हिँडेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल
संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन
लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ