पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

सारांश

  • अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ ।
  • बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.
  • ४५ अंक घटेको हो ।

११ चैत, काठमाडौं ।

अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशत बढ्यो । अघिल्लो दिन पनि यहीं समूह सबैभन्दा धेरै ९.९ प्रतिशत बढेको थियो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत रहेकोमा तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ३.७७ प्रतिशत बढेसँगै व्यापार समूह आज पनि सबैभन्दा धेरै बढेको हो ।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत बढेको छ । अरु सबै समूहका सूचक घटे । बैंकिङ १. ४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ तथा अन्य समूह १.७० प्रतिशत घटे । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।

अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत घट्यो । सालपा विकास बैंकको ६.९९, कर्पोरेट डेभलपमेन्टको ६.७१, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
रामेछाप आयुर्वेद चिकित्सालय : घर–घर जाँदै, नसर्ने रोगका बिरामी पहिचान गर्दै
रामेछाप आयुर्वेद चिकित्सालय : घर–घर जाँदै, नसर्ने रोगका बिरामी पहिचान गर्दै
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु