हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २, २०८१
|
|
३५ पटक हेरिएको
Shares
हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

सारांश

  • जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्मनाभ एकादशी ।
  • असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ ।
  • वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ ।

हरिशयनी एकादशी असार महिनामा शुक्ल पक्ष एकादशीलाई विभिन्न नामले पुकारिन्छ । जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्मनाभ एकादशी ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ । यस क्रममा जति पनि पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तप गरिन्छ, त्यसका विशाल स्वरूप एक शब्दमा ‘चतुर्मास्य’ भनिन्छ । चतुर्मासमा चार मासको समय–बोध हुन्छ र चतुर्मास्यले यस समयका क्रममा गरिएका सबै व्रत–पर्वको समग्र बोध हुन्छ ।

सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।

यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।

पूजा विधि : बिहान उठेर नुहाएर शरीर शुद्ध गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्नुपर्छ ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
चितुवाले आक्रमण गर्दा एक महिलाको मृ*त्यु, दुई जनाले भागेर ज्यान बचाए
चितुवाले आक्रमण गर्दा एक महिलाको मृ*त्यु, दुई जनाले भागेर ज्यान बचाए
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी