घट्यो कोरियाको हवाई भाडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
घट्यो कोरियाको हवाई भाडा

सारांश

  • जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटनमन्त्री पाण्डे तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ ।
  •   समितिले फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “कोरियाका सक्रिय राजनीतिक सङ्गठनहरू र गैरआवासीय नेपाली सङ्घ, एनसीसी, प्रदेश समाज, सम्पूर्ण क्रियाशील सङ्घसंस्थाहरूको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटनमन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरूको ध्यानाकर्षणका कारण कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।
  • ” विज्ञप्तिमा अगाडि भनिएको छ, “यसको पहलकदमी गरी राहत दिलाउन हर प्रयास गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, अन्य मन्त्रालयलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र अधिकारीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।

 

२० पुस, दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादर घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् । जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटनमन्त्री पाण्डे तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ ।

 

समितिले फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “कोरियाका सक्रिय राजनीतिक सङ्गठनहरू र गैरआवासीय नेपाली सङ्घ, एनसीसी, प्रदेश समाज, सम्पूर्ण क्रियाशील सङ्घसंस्थाहरूको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटनमन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरूको ध्यानाकर्षणका कारण कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।” विज्ञप्तिमा अगाडि भनिएको छ,

“यसको पहलकदमी गरी राहत दिलाउन हर प्रयास गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, अन्य मन्त्रालयलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र अधिकारीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।” नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा २८ जुलाई २०२४ मा  भएको बृहत् अन्तरक्रिया कार्यक्रममा कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडादरका कारण एकदमै ठुलो मारमा परेका तथ्यलाई उजागर गर्दै नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता अनुसार महामन्त्री गगनकुमार थापाले १३

अगष्टमा प्रतिनिधि सभा बैठकमा आवाज बुलुन्द गर्दै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा स्मरण गरिएको छ  ।साथै गत २१ अक्टोबरमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति श्री भजिन्द्रबहादुर क्षेत्रीले महामन्त्री थापालाई उहाँकै निवासमा भेटेर थप तागेता गरेको र कोरियामा कार्यरत सङ्घ संस्थाका प्रतिनिधि मण्डलले गत २२ अक्टोबर मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट्न जानकारी गराए अनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी भएको पहल कदमीबाट भाडादर घट्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह
उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय