सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिने भएका छन् ।
  • बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका हुन् ।
  • ६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा.

धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिने भएका छन् । बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका हुन् । ६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

२१ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले तत्काल मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री सोडारी रोकिएका थिए । अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकार बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्रले विश्वासको मतबारे निर्णय लिन प्रदेश संसदीय दलको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ ।

रञ्जिता पक्षका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले भने मत दिनेछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ । यो विषयमा निर्णय लिन कांग्रेसको प्रदेश संसदीय दलको बैठक जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
उपत्यकाबाट एकैदिन एक लाख ११ हजार बाहिरिए
उपत्यकाबाट एकैदिन एक लाख ११ हजार बाहिरिए
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो