रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति

सारांश

  • रसुवाको कालिका गाउँपालिका वडा नम्बर  १ ग्राङमा आज  बिहान करिब ९ बजेको  समयमा करेन्ट सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै जलेर नष्ट भएका छन्।
  • आगलागीबाट  करिब २७ लाख बराबरको सामान जलेको छ।
  •   मानवीय क्षति भने भएको छैन।

१३ मंसिर, रसुवा। रसुवाको कालिका गाउँपालिका वडा नम्बर  १ ग्राङमा आज  बिहान करिब ९ बजेको  समयमा करेन्ट सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै जलेर नष्ट भएका छन्। आगलागीबाट  करिब २७ लाख बराबरको सामान जलेको छ।  मानवीय क्षति भने भएको छैन।

इलाका प्रहरी कार्यालय कालिकास्थानका  इन्चार्ज पान्नालाल यादवका  अनुसार ग्राङका स्थानीय छेवाङ लामाकाे नाति पासाङ मेन्दाे तामाङ,डेमा नुर्पु तामाङ,छिरिङ पेम्वा तामाङकाे घर पुरै जलेर नष्ट भएको र छिरिङ पेम्वाकाे आन्दाजि १२ लाख,डेमा नुर्पुकाे १० लाख,छेवाङ लामाकाे नाति पासाङ मेन्दाे काे ५ लाख बराबरको घनमाल नष्ट भएको छ। मानवीय क्षति  भने भएको उनले बताए। ‘घरमा बिहान खाना खाएर काममा निस्किन लाग्दा अचानक करेन्ट सर्ट भएर आगाे लाग्न सुरू भयो।  के गर्ने नगर्ने अन्याैल भयो र हारगुहार गरेर गाउँलेहरू मिलेर आगाे निभाउन तिर लागे।

त्यसपछि  सेना प्रहरी सशस्त्र प्रहरीलाई समेत खबर  गरेपछि  धुन्चेवाट र  कालिका स्थानबाट सेना,प्रहरी समेत आएपछि लागो निभाउन सफल भयो,पीडित छिरिङ पेम्वा तामाङले भने, ‘तर समानभने वचाउन सकिएन।लत्ताकपडा,खाद्यान्न लगायत गरगहना भाँडाकुँडा समेत केही नरहेको सबै जलेर नष्ट भएको  स्थानीयहरू बताउँछन् । कालिका गाउँपालिकाको उपाध्यक्ष मिरा लामा,वडा नम्बर ५ का वडा अध्यक्ष एवं कालिका गापाकाे प्रवक्ता समेत रहेका  सन्दिप पाैडेलसहितकाे टाेलि घटना स्थल पुगेर उनिहरूलाई राहत वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घर एक तल्ला ढङ्गाकाे र अर्को तल्ला जस्ताले बारिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
पाँच वर्षीय हदम्याद हटाउन तयार भए सरकार ;
पाँच वर्षीय हदम्याद हटाउन तयार भए सरकार ;
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा