सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट

सारांश

  • सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ ।
  • एक जना घाइते भएका छन् ।
  • सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

२३ जेठ, विराटनगर ।

सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् ।

उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ । घटना शुक्रबार बिहान करिब १ बजे तिरको हो । ४–५ जनाको समूहमा रहेको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । लुटपाटको प्रतिकार गर्दा घर धनी चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए ।

त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् । डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १ः२० बजे पाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थल पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि नौ जनाको टोली खटिएको थियो । घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै