Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४३ पटक हेरिएको
Shares
पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन

सारांश

  • नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार सदरमुकाम मलङ्गवामा भेला भएर विरोध र्याली तथा कोण सभा सम्पन्न गरेका हुन् ।
  • हिजो सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आन्दोलनकारीबाट एक घरमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
  • त्यस्तै आन्दोलनरत पक्षबाट विभिन्न सञ्चारमाध्यममा आक्रमण भएको थियो ।

 

 १६ चैत सर्लाही –

समाचार संकलनको क्रममा पत्रकारको हत्या र सञ्चारगृहमा आक्रमण भएको विरोधमा सर्लाहीका पत्रकारले आज सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार सदरमुकाम मलङ्गवामा भेला भएर विरोध र्याली तथा कोण सभा सम्पन्न गरेका हुन् ।

हिजो सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आन्दोलनकारीबाट एक घरमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । त्यस्तै आन्दोलनरत पक्षबाट विभिन्न सञ्चारमाध्यममा आक्रमण भएको थियो । सो घटनाको विरोधमा आज देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत सर्लाहीका पत्रकारले पनि सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका हुन् । मलङ्गवास्थित शहीद चोकबाट विरोध र्याली निकालेर नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनायो ।

र्यालीमा सहभागी पत्रकारले दोषीलाई कारवाही गर, पीडितलाई न्याय दे, सञ्चारमाध्यममाथिको आक्रमण बन्द गर, पत्रकार कुट्न पाइदैन, प्रेस स्वतन्त्रता जिन्दावादजस्ता नारा लगाएका थिए । र्यालीपश्चात आयोजित कोण सभालाई नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्ष शङ्कर श्रेष्ठ र नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले सम्वोधन गर्दै जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न र संविधान अनुरुप पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न माग गरेका छन् ।

आज बिहान नेपाल पत्रकार महासङ्घको स्थापना दिवस प्रभातफेरि र जिल्लाका पत्रकारको स्वास्थ्य परीक्षण गरेर मनाउने तयारी गरिएकोमा हिजो विकसित घटनापछि विरोध ¥याली र कोण सभा आयोजना गर्नुपरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ठाकुरले बताए । उनले हिजोको घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई उचित राहत, घाइते पत्रकारको उपचार र सञ्चारगृहमाथि आक्रमण गर्ने व्यक्तिहरुको पहिचान गरी कारवाही अघि नबढाए थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृ*त्यु
उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृ*त्यु
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
सहकारीका ऋणीबाट सवा करोड असुली
सहकारीका ऋणीबाट सवा करोड असुली
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै