भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
६३ पटक हेरिएको
Shares
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।
  • प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गर्नुभएको हो ।
  • उहाँले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाउनु भयो ।

८ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गर्नुभएको हो । उहाँले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाउनु भयो ।

सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाउनु भयो ।  उहाँले भन्नुभयो, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो ।

जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठूलो आगन किन चाहियो ? त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’ सांसद कार्कीले सरकारको जनआकाङ्क्षाविपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उहाँको भनाइ छ । दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसदलाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन
त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?