बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

सारांश

  • अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालसँग छलफल गरेको छ ।
  • मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अङ्कभन्दा नीतिगत रुपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
  • उहाँले सङ्घीयताको मूल मर्म र भावना, सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार सङ्घमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकारबीचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

१४ चैत, काठमाडौँ ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालसँग छलफल गरेको छ । मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अङ्कभन्दा नीतिगत रुपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले सङ्घीयताको मूल मर्म र भावना, सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार सङ्घमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकारबीचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घीय सरकारले गर्दा सङ्घीयता बलियो नहुने उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाको समीक्षा गरी सङ्घीय योजनामा केन्द्रित हुन, कार्यक्रम तथा योजना रोक्न, घटाउन, समायोजन गर्न, अत्यावश्यक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समयअनुसार जनता केन्द्रित कार्यक्रम तथा योजना समावेश गर्न आग्रह गर्नुभयो । उहाँले रु तीन करोडभन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गर्नुभयो । अर्थमन्त्री पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्न पनि जोड दिनुभयो । कार्यक्रम तथा योजना पेस गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्न उहाँले आग्रह गर्नुभयो ।


उपलब्ध साधनस्रोतलाई ख्याल गर्दै जनताको आङ्काक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेगरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ छ । दुईदिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल गरी बजेट विनियोजनाका साथै पुँजीगत खर्चमा विशेष ध्यान दिन आग्रह गरेको थियो । अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गर्दै आएको छ । तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम देखा पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, सङ्घीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो । आगामी बजेटका सम्बन्धमा बाँकी मन्त्रालयसँग पनि छलफल गर्ने अर्थ मन्त्रालयको कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा कुटपिटबाट एक युवकको मृत्यु
इलाममा कुटपिटबाट एक युवकको मृत्यु
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन
आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो