लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २०, २०८०
|
|
४९ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

सारांश

  •  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट चैत २२ गते विश्वासको मत लिने भएका छन् ।
  • केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई बर्खास्त गरेका थिए ।
  • त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

२० चैत, लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री चैत २२ गते दिउँसो ४ बजे विश्वासको मत लिने लोकान्तरलाई जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । यता माओवादी, नेकपा (एमाले)सहित दलहरू केन्द्रीय  समीकरणअनुसार माओवादीको नेतृत्वमा  सरकार  गठन गर्ने तयारी गरेका छन् । यता नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी भने साना दललाई फकाएर भए पनि सत्ता टिकाउने कसरतमा देखिन्छन् । नयाँ समीकरणअनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने केन्द्रमा मोटामोटी सहमति भएको बताइएको छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४÷४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १-१ जना सांसद छन् । राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
भारतले उचाल्यो एसिया कपको उपाधि
भारतले उचाल्यो एसिया कपको उपाधि
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने