Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

सारांश

  • काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ ।
  • उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।

 


४ फागुन, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।


घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।अन्य घाइतेको उपचार जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि