म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

सारांश

  • काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ ।
  • उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।

४ फागुन, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।अन्य घाइतेको उपचार जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ