सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन

सारांश

  •   सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।
  • कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो ।
  • कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ ।

२९ पुस, काठमाडौं । 

सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो । कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ प्रणालीबाट पनि दिन सकिने व्यवस्था गरिएको छ । छिटोमा माघ ४ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १४ गतेसम्म यो आईपीओ खुला रहनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ । यसअघि कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रति शेयर १०० रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । सोही स्वीकृतिअनुसार पहिलो चरणमा गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल ४ करोड १० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण
बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन
सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन