चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
२० पटक हेरिएको
Shares
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,

सारांश

  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
  • आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा भने मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

५ साउन, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा भने मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ । देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरको हनुमाननगर (भाम्का) केन्द्रमा रेकर्ड भएको छ । हनुमाननगर २४ घण्टामा १२५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हनुमाननगर नजिकको दोधारा वर्षा मापन केन्द्रमा ८७.२ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी हनुमाननगरमा मध्यम वर्षा भएको र आसपासको क्षेत्र भई बग्ने साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ । कैलालीको धनगढी विमानस्थलमा पनि पानी परिरहेको छ । त्यहाँ पछिल्लो तीन घण्टायतामात्रै ३९.८ मिलिमिटर वर्षा मापन भएको छ । गण्डकी प्रदेशमा पर्ने स्याङ्जामा २४ घण्टाको अवधिमा ९९ मिलिमिटर र सिन्धुपाल्चोकको चौतारामा ४०.९ मिलिमिटर वर्षा रेकर्ड भएको छ । चौतारामा एक घण्टाको अवधिमै २१ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु
बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड