कुशल र करणको ‘कमब्याक’ प्रदर्शनमा नेपालले क्यानडा एचपीलाई हरायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
कुशल र करणको ‘कमब्याक’ प्रदर्शनमा नेपालले क्यानडा एचपीलाई हरायो

सारांश

  • विश्व क्रिकेट ‘लीग टु’अन्तर्गत अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्नुअघि क्यानडा हाई-पर्फर्मेन्स टीम (क्यानडा एचपी)सँगको तेस्रो खेलमा नेपाल विजयी भएको हो ।
  • नेपालले दिएको १८८ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा एचपी १७७ रनमा अलआउट भयो ।
  • अलीनदिमले ८५ रनको योगदान गरे पनि त्यो जीतका लागि पर्याप्त भएन ।

 

२२ असोज, करण केसी र कुल भुर्तेलको ‘कमब्याक प्रदर्शन’को बलमा नेपालले क्यानडाको वैकल्पिक टीमलाई १० रनले हराएको छ ।

विश्व क्रिकेट ‘लीग टु’अन्तर्गत अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्नुअघि क्यानडा हाई-पर्फर्मेन्स टीम (क्यानडा एचपी)सँगको तेस्रो खेलमा नेपाल विजयी भएको हो । नेपालले दिएको १८८ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा एचपी १७७ रनमा अलआउट भयो । अलीनदिमले ८५ रनको योगदान गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । क्यानडालाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा करण केसीले ५ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको ५२, आशिफ शेखको ४० तथा सोमपाल कामीको २७ रनको मद्दतले १८७ रनको योगफल तयार पारेको थियो । भुर्तेल लामो समयदेखि फर्मबाहिर चलिरहेका छन् । उनीसहित सिंगो नेपाली टीमले ब्याटिङमा संघर्ष गरिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ