जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २३, २०८१
|
|
५२ पटक हेरिएको
Shares
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता

सारांश

  •  जाजरकोटमा गए राति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् ।
  • बारेकोट गाउँपालिका  ६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।
  • जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिनु भयो ।

जाजरकोट, भदौ २३ गते । जाजरकोटमा गए राति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका  ६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।

जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिनु भयो ।

घटनास्थल वाट चलाउनेकी  छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  तर २ जनाको शव निकाल्न नसकिएको  जानकारी गाउँले मार्फत आएको उपप्रमुख सिंहले बताउनु भयो । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेकाे तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको  विवरण अनिवार्य, गलत भए कारबाही
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल