वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ: साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ: साह

सारांश

  •   आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन्।
  •   आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले  यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए।
  • प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए।

 

१९ चैत ,वीरगञ्ज । 

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन्।  आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले  यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए। मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’ उनले भने, ‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?