काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
४६ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु

सारांश

  • हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
  •   काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्।
  • बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ।

१२ असोज, बाढी पहिरोमा परेर गएरातिदेखि शनिबार बिहानसम्म काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ।

हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए।

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता
बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
यी ९ जना सशस्त्र प्रहरी जवानलाई कारबाही गर्ने तयारी
यी ९ जना सशस्त्र प्रहरी जवानलाई कारबाही गर्ने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब