राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा

सारांश

  • नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको जनाएको छ ।
  • राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै सुरक्षा आवश्यक रहेको उल्लेख गरेको हो ।
  • प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको जनाएको छ ।

१९ चैत, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको जनाएको छ । राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै सुरक्षा आवश्यक रहेको उल्लेख गरेको हो ।

प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको जनाएको छ । यी हुन् राष्ट्र बैंकले उल्लेख गरेका तीन तहका सुरक्षा तह : तपाईंलाई मात्र थाहा हुने यो तहले व्यक्ति आफूलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा मानिसको ज्ञान र सम्झनामा भर पर्छ । तपाईंसँग मात्र हुने

यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच व्यक्ति आफूसँग मात्र हुन्छ । जस्तै, मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् । तपाईंको आफ्नै यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् । राष्ट्र बैंकले वित्तीय कारोबारका लागि प्रमाणीकरण विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
राप्रपाको महाधिवेशन आगामी मंसिर अन्तिम साता
राप्रपाको महाधिवेशन आगामी मंसिर अन्तिम साता
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
कर्णाली नदीमा एक महिलाको श*व फेला
कर्णाली नदीमा एक महिलाको श*व फेला
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ