संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह

सारांश

  • पचरौता नगरपालिकाले कार्तिक २४ र २५ गते लगाउन गईरहेको महाविरी झणडा मेलाको विषयमा सोमबार पत्रकार सम्मेलन गरी मेलाको बिभिन्न पाटोको बारेमा नगर प्रमुख जलन्धर सिंह जयसवारले जानकारी गराएका छन ।
  • नगरपालिकाको सभा हालमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सिंहले वडा नम्बर ७ मा छठ पर्वको भोलिपल्ट परनाको दिन विगत बर्षौ देखि लागदै आईरहेको श्री महाविरी झण्डा मेलाको लागी पचरौता नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले मेलाको समिति गठन गर्नका लागि मिति २०८१-६-७ गते पहिलो चोट्टी सूचना निकालेको तर उक्त सूचना एक पटक स्थगित गरी वडा कार्यालयले दोस्रोपल्ट मिति २०८१-६-१६ मा सूचना जारी गरी ०८१-६-१८ गतेको मितिमा बिहान ७ बजेको समयमा श्रीराम जानकी मठको प्राङ्गणमा बैठक बसी धर्मदेव प्रसाद यादवको अध्यक्षमा समिति गठनका गरेका जानकारी दिनु भयो ।
  • समितिलाई भिखना पोखरीको पश्चिम डिलमा मेला लगाउनको लागि पचरौता नगरपालिका नगरकार्यपालिकाको बैठक बाट सिफारिस समेत गरि सकेको अवस्थामा सोहि समय र दिनमा उक्त वडामा केहि व्यक्तिको समुहहरुले मेला लगाई रहेको सूचना समाजिक सन्जालमा आएको हुँदा त्यसता कामहरु रोक्नका लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारालाई पत्रकार समेलन बाट नगर प्रमुख जलन्धर सिंह जयसवारले जानकारी गराउनु भयो ।

अमरेश कुमार पाण्डे

२० कार्तिक, बारा । पचरौता नगरपालिकाले कार्तिक २४ र २५ गते लगाउन गईरहेको महाविरी झणडा मेलाको विषयमा सोमबार पत्रकार सम्मेलन गरी मेलाको बिभिन्न पाटोको बारेमा नगर प्रमुख जलन्धर सिंह जयसवारले जानकारी गराएका छन ।

नगरपालिकाको सभा हालमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सिंहले वडा नम्बर ७ मा छठ पर्वको भोलिपल्ट परनाको दिन विगत बर्षौ देखि लागदै आईरहेको श्री महाविरी झण्डा मेलाको लागी पचरौता नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले मेलाको समिति गठन गर्नका लागि मिति २०८१-६-७ गते पहिलो चोट्टी सूचना निकालेको तर उक्त सूचना एक पटक स्थगित गरी वडा कार्यालयले दोस्रोपल्ट मिति २०८१-६-१६ मा सूचना जारी गरी ०८१-६-१८ गतेको मितिमा बिहान ७ बजेको समयमा श्रीराम जानकी मठको प्राङ्गणमा बैठक बसी धर्मदेव प्रसाद यादवको अध्यक्षमा समिति गठनका गरेका जानकारी दिनु भयो ।

समितिलाई भिखना पोखरीको पश्चिम डिलमा मेला लगाउनको लागि पचरौता नगरपालिका नगरकार्यपालिकाको बैठक बाट सिफारिस समेत गरि सकेको अवस्थामा सोहि समय र दिनमा उक्त वडामा केहि व्यक्तिको समुहहरुले मेला लगाई रहेको सूचना समाजिक सन्जालमा आएको हुँदा त्यसता कामहरु रोक्नका लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारालाई पत्रकार समेलन बाट नगर प्रमुख जलन्धर सिंह जयसवारले जानकारी गराउनु भयो ।

मेला लगाउन बिभिन्न कानुनी दफा अंतर्गत रहेर अघि बढेको जानकारी गराउनु भयो । त्यसतै दफा १२ अंतर्गत वडा समितिको काम कर्तव्य र अधिकारको उपदफा २ ग को बुन्दा न.१७ मा स्थानीय समुदायका चाडपर्व भाषा संस्कृतिको बिकासको लागी कला नाटक जनचेतनामूलक तथा संस्कृतिक कार्यक्रम गर्ने गराउने तथा बुन्दा नम्बर १८ मा स्थानीय मौलिकता झल्किने संस्कृतिक रितिरिवाजलाई संरक्षण तथा प्रबर्धन गर्ने अधिकार सम्बन्धित वडा कार्यालयलाई रहेकोले कानुनको विपरीत कोहि कसैले अनाधिकृत कार्य नगर्नु नगराउनु साथै वडा कार्यालयको अनुमति बिना एउटै दिन र समयमा एउटै किसिमका संस्कृतिक र कला नाटक मेला समेत संचालन नगर्न वयवस्था रहेको नगर प्रमुख सिंहले पत्रकार समेलनमा जानकारी गराउनु भयो।

यदि कुनै ब्याक्ती वा समुहले उक्त वडामा वडा कार्यालयको अनुमति बिना संस्कृतिक कार्यक्रम मेला तथा नाटक संचालन गरेमा गरेको पाएमा उक्त ब्याक्ती र समुहको व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम कार्वाही हुने व्यवस्था रहेको नगर प्रमुख सिंहले पत्रकार समेलनमा जानकारी गराएका हुन। साथै त्यसता क्रियाकलाप गर्नेलाई तत्काल पहिचान गरी कानुनी कर्वाही गर्न प्रहरी प्रशासन संग नगर प्रमुख सिंहले माग गर्नु भएको छ। पत्रकार समेलनमा नगरपालिका प्रबक्ता वडा ५ का वडा अध्यक्ष लक्षमी प्रसाद यादव वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बीन शिक्षा शाखाका प्रमुख मुकेश कुमार सिंह लगाएतको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो