सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
७१ पटक हेरिएको
Shares
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको आरोप लगाएकी छन् ।
  • आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् ।
  • ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने ।

२२ असार, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको आरोप लगाएकी छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने ।

यसको कारण भ्रष्टाचार हो,’ उनले भनिन्, ‘हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौं, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’ सांसद कार्कीले जहाज चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपर्ने र सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने स्थिति बनाउनुपर्ने बताइन् । ‘यो विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् । हामी प्लेन चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस्,’ उनले भनिन्, ‘हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकून् ।’ समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
शंखमूलको छात्रावासमा कुटपिटबाट एक युवकको मृ*त्यु
शंखमूलको छात्रावासमा कुटपिटबाट एक युवकको मृ*त्यु
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने