नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
सारांश
- नवलपरासी।
- नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन्।
- कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए।
२७ भदौ, काठमाडौं ।
नवलपरासी। नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन्। कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए।

“केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्”, उनले भने। कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने। बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए। नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया