नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
१०१ पटक हेरिएको
Shares
नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
  • स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो ।
  • टोलीले यादवलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर घटनासम्बन्धी कागजात संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

२० असोज, सर्लाही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो ।

टोलीले यादवलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर घटनासम्बन्धी कागजात संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार तयार पार्दासम्म अख्तियारको टोली नगरपालिकामै रहेर आवश्यक कागजात अध्ययन र तथ्य संकलनमा जुटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ