राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
८१ पटक हेरिएको
Shares
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

सारांश

  • राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले सोमबार दिउँसो ३ः३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
  • अभियानका संयोजक गोविन्द पौडेलका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सम्मानप्रेमी नेपाली नागरिकहरूको सहभागिता रहनेछ ।
  • राष्ट्रिय झण्डाको सम्मान, संरक्षण तथा यसको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अभियानले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

 

१२ माघ, काठमाडौं ।

राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले सोमबार दिउँसो ३ः३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ । अभियानका संयोजक गोविन्द पौडेलका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सम्मानप्रेमी नेपाली नागरिकहरूको सहभागिता रहनेछ ।

राष्ट्रिय झण्डाको सम्मान, संरक्षण तथा यसको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अभियानले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो । पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारहरुले जथाभावी राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै विरोध हुँदै आइरहेको छ । गृह मन्त्रालयले समेत राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?