एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
६६ पटक हेरिएको
Shares
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै

सारांश

  • असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ ।
  • एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो ।
  • नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

३० कात्तिक, काठमाडौं ।

असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो । असोज महिनामा ठूला चाडबाड धेरै हुने भएकाले विदेशमा रहेका नेपालीले स्वदेशका परिवारमा खर्च पठाउने गर्छन् ।

यसले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । गत आर्थिक वर्ष असोजमा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५.४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.९ प्रतिशत बढी हो।

चालु आवको तीन महिना अवधिमा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह १०.६ प्रतिशत बढेको थियो । चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २ सय ५७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे