प्रतिनिधि सभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २४, २०८३
|
|
१५३ पटक हेरिएको
Shares
प्रतिनिधि सभाको बैठक बस्दै

सारांश

  • सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
  • बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो ।
  •  बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ पेस गर्ने कार्यसूची रहेको छ।

काठमाडौं ।

सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने
कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
असार मसान्तसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सकियो
असार मसान्तसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सकियो
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण