Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग

सारांश

  • सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ परेका वडासदस्य कारागार चलान भएका छन् ।
  • सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
  • उनी घटना मिलाउने पञ्चायती बस्ने मध्येका एक व्यक्ति रहेको भन्दै मुद्दा चलाइएको थियो ।

 

१३ चैत, काठमाडौं ।

सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ परेका वडासदस्य कारागार चलान भएका छन् ।सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उनी घटना मिलाउने पञ्चायती बस्ने मध्येका एक व्यक्ति रहेको भन्दै मुद्दा चलाइएको थियो ।

त्यसैगरी प्रतिवादीहरु रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई भने जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । रामविनोद मण्डल र कमलेश कुमार दासलाई भने साधारण तारेखमा रिहा गर्न आदेश भएको छ । उनीहरुविरुद्ध जातिय छुवाछुत तथा भेदवभावको कसुर, आत्महत्या दुरुत्साहनको कसुर र जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराएको कसुरमा मुद्दा चलाइएको थियो । बलात्कारको आरोप लागेपछि पञ्चायत बसेर मिलापत्र गराउन खोजिएकाले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २२७ को (क) अनुसारको कसुरमा उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

बलात्कार तथा अपहरणका आरोपी दुई जना र पञ्चायती मिलाउन सहभागी हुने ८ जना गरी १० जना अझै फरार छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको थियो । आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् । ६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् ।

परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् । आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको थियो । न्यायका लागि भन्दै २९ माघमा गाउँ–समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।

यो विषयमा मिलापत्र गर्न भन्दै रुपेश मण्डललाई १ लाख ५० हजार जरिबाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् । ३० माघमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएकी थिइन् । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् । प्रहरी अनुसन्धानका क्रममा पनि घटना सामसुम पार्न पञ्चायती बसेको पुष्टि भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने