स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन

सारांश

  • १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
  • यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ ।
  • नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

७ माघ, काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालकी सिमाना केसी र रचना चौधरीले २-२ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन । स्कटल्याण्डका लागि पिपा स्प्रोलले ३५ रनको शानदार पारी खेल्दै टोलीलाई खेलमा जीवितै राखेकी थिइन् । त्यसअघि बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर  ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् । नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए । अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो । नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ । उक्त खेलमा अस्ट्रेलियालाई हराउँदै नेपाल स्कटल्याण्डको नतिजामा भर पर्नु पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा
सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
दुर्घटनामा परे भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी
दुर्घटनामा परे भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ
प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ