रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संसदमा बोलेका कुरा समेत नसुन्ने सरकारले जनताले बोलेको के सुन्छ भन्दै कटाक्ष गरेका छन् ।
  • बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले कटाक्ष गरेका हुन् ।
  • उनले भने– ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ ।

१६ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संसदमा बोलेका कुरा समेत नसुन्ने सरकारले जनताले बोलेको के सुन्छ भन्दै कटाक्ष गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले कटाक्ष गरेका हुन् । उनले भने– ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ । कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज हामीले उठाउँदै आएका छौँ । जनताका दुःख पीडा माग आवश्यकता जस्ताको तस्तै आफ्नो क्षमता अनुसार सुनुवाइ गर्ने कोसिस गर्दै आइरहेका छौँ । मन्त्रीदेखि प्रधानमन्त्रीलाई सोध्छौँ ता कि जनतालाई आश्वस्त पार्न सकियोस् । तर दुःखका साथ भन्छु यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो ? सुनेको छैन ।’

कुनै सांसदले उठाएको गुनासो, प्रश्न सरकारले सम्बाेधन गरेको भए त्यसलाई संयोग मात्र माने हुने अवस्था रहेको बताए । सदनमा आरोप पत्या रोप मात्र हैन फौजदारी अभियोग नै दर्ज गराउनुपर्ने खालको आरोपको खेती हुने बताए । शीर्ष भनिएका नेताहरुको भाषणमा कुण्ठा चल्ने, मिथ्याङ्क राख्ने र संसद् बन्धक समेत बनाउने गरेको बताए । उनले संसद्लाई जनताको आवाज मुखरित गर्ने थलो बनाउन नसकिएको र बिधायकी कामको गति र मति हेर्ने हो भने पनि झन् टिठलाग्दो रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
काभ्रेमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काभ्रेमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज