२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
१८ पटक हेरिएको
Shares
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् ।
  • उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए ।
  • शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए ।

८ चैत, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए ।शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए ।

प्रचण्डले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने ।

प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए । ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ ।’

प्रचण्डले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीलाई लागु नहुने दाबी गरे । सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको जिकिर गर्दै उनले भने, ‘आर्थिक विकासको निम्ति गति दिने कुरामा हामीले सरकारमा हुँदा जोड दिएका थियौं,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
हङकङको एक रेस्टुरेन्टमा आगलागी
हङकङको एक रेस्टुरेन्टमा आगलागी
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि